कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
ताजा समाचार

विराट मोडेल कलेजद्वारा विद्यार्थीहरूलाई विदाई तथा स्वागत

-
अखवारका कुरा
२९ चैत २०८०, बिहिवार

विराटनगर । विराटनगर– ९ मा रहेको विराट मोडेल कलेजले विद्यार्थीहरूलाई स्वागत र विदाई गरेको छ   ।

बिहीबार एक कार्यक्रमको आयोजना गरि कलेजले बीबीएस र बीएड पहिलो वर्षका २ सय ५० जना विद्यार्थीलाई स्वागत गरेको हो । त्यसैगरी बीबीएस र बीएड चौथो वर्षका १ सय २ जना विद्यार्थीलाई विदाइ गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका परीक्षा सहनियन्त्रक डा.डिल्ली प्रसाईँ रहेका थिए । कार्यक्रमको अध्यक्ष्यता कलेज व्यवस्थापन समितका अध्यक्ष डा.जनक अधिकारीले गरेका थिए । कार्यक्रममा प्याब्सन मोरङका कोषाअध्यक्ष बिष्णु डंगोल, कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपाललगायतको उपस्थिति रहेको छ ।

२०६५ सालमा स्थापना भएको यस कलेज २०७९ सालबाट नयाँ व्यवस्थापनमा सञ्चालित छ । कलेजमा एक हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved