कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
ताजा समाचार

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

५ वैशाख २०८१, बुधवार

जाजरकोट। भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको हो ।

जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर–६ स्थित सिता माध्यमिक विद्यालयमा अध्ययनरत पाँच सय विद्यार्थीहरूलाई  शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएको प्राज्ञिक विद्यार्थी परिषद् नेपाललका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले जानकारी दिए ।

कार्यक्रममा ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष नारायण गुरुङले जाजरकोटमा भुकम्प जादा विदेशमा रहेका नेपालीहरूको मुटु कामिरहेको र भुकम्प प्रभावित विद्यार्थीहरूलाई सानो भएपनि सहयोग गर्न पाउँदा हर्षित भएको उल्लेख गरे । 

परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद  ढकालूले विद्यार्थीहरू राष्ट्रका वर्तमान र भविष्य भएकाले असल व्यक्ति निर्माणमा सबैले विशेष ध्यान दिनुपर्ने बताए । 


शैक्षिक सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष नारायण गुरुङ, सिता माध्यमिक विद्यालयका प्राचार्य गोरख बहादुर सिंह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकेन्द्र नेपाली, विद्यार्थी परिषद्का सगरमाथा र जानकी प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, विद्यार्थी परिषद्का सुदूरपश्चिम र कर्णाली  प्रदेश संगठन सचिव तथा राष्ट्रिय जनजाति कार्य प्रमुख चन्द्रशेखर जोशी, जनप्रतिनीधि, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved