कन्चंबारी, बिराटनगर
८ जेठ २०८१, मङ्गलवार
९७०४५०४६७५
प्रदेश

लागूऔषधलाई नियन्त्रण गर्नु पहिलो प्राथमिकता -आन्तरिक मामिला तथा कानुन मन्त्री राई

-
अखवारका कुरा
२६ पुष २०८०, बिहिवार

आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुगमन तथा निरीक्षण गरेका छन  । अनुगमनका क्रममा मन्त्रालयका सचिब लक्ष्मी प्रसाद पौडेलको  पनि सहभागिता रहेको थियो।

 अनुगमनका क्रममा मन्त्री राई ले प्रदेश सरकारले आगामी बजेटमा प्रहरी प्रशासन लाई चुस्तदुरुस्त राख्न के योजना ल्याउनुपर्छ त्यसबारे छलफल गर्ने कुरामा प्रदेश सरकार कोशी प्रदेश प्रहरीकै साथमा रहेको जनाए ।

लागूऔषध नियन्त्रणलाइ प्रदेश सरकार पहिलो प्राथमिकतामा राखेर अगि बढ्ने र  सबै बोर्डरमा  होल्डिङ सेन्टर हरु शसक्त रूपमा परिचालन गर्ने,कुलतमा फसि सकेका हरु पुन-स्थापनामा लाने , पुनःस्थापनामा  औसधि उपचार सहित सुधार पनि गरेर  असल नागरिक बनाउने कार्यमा प्रदेश सरकार लागि पर्ने बताए ।

समस्याको जरो पहिल्याएर जरै देखि समस्या लाई उखेलेर फ्याक्ने कुरामा सरकार स्पष्ट  रहेको मन्त्री राइको भनाइ थियो ।

अपराध अनुसन्धानका सबालमा पनि नेपाल प्रहरी बिश्वमै  स्थापित प्रहरी रहेको र अझ राम्रो बनाउनका लागि प्रदेश सरकारले प्रहरीहरुको क्षमता बिकासका कार्यक्रमहरुलाई प्रभावकारी  रूपमा सन्चालन गर्ने प्रतिबद्धता जनाए । 

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved