कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
ताजा समाचार

क्रीकेटर सन्दिप लामीछानेलाई ८ बर्षको कैद सजाय

-
अखवारका कुरा
२५ पुष २०८०, बुधवार

काठमाडौं ।

 क्रिकेटर सन्दीप लामिछानेलाई  काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध ८ बर्ष सजाय निर्धारण गरेका हुन् ।

 

यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ । यसअघि गत पुस १३ गते  न्यायाधीश ढकालको इजालासले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । पिडित युवतीको कम्जोर आर्थिक अवस्थाको फाइदा उठाउदै बलात्कार भएको अदालतको ठहर छ । 

 

यसैबीच लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन ।सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेकाले  कानुनी उपचारका लागि उच्च अदालत जाने जानकारी दिए । 

 

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved