कन्चंबारी, बिराटनगर
८ जेठ २०८१, मङ्गलवार
९७०४५०४६७५
प्रदेश

हामी स्वयंसेवि कार्यक्रमलाई मिसन् को रूपमा अघि बढाइने- मन्त्री शमशेर राई

-
अखवारका कुरा
९ माघ २०८०, मङ्गलवार

 
                 
आन्तरिक मामिला तथा कानुन मन्त्री  शमशेर राईले मंगलवार आफ्नै मन्त्रालय अन्तर्गतको हामी स्वयमसेबि अभियानले आयोजना गरेको जिल्ला सयोजकहरुलाइ अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउदै उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न निर्देशन हरु दिनुभएको छ। कार्यक्रममा सचिब लक्ष्मी प्रसाद पौडेल र कार्यक्रमका प्रदेश सम्योजक निस्कल राइ लगायत १४ जिल्लाका जिल्ला सयोजक हरुको उपस्थिति रहेको थियो।
           कार्यक्रममा आफ्ना कुराहरु राख्दै मन्त्री राइले हामी स्वयंसेवि  अभियान लाई एउटा मिसन को रूपमा लिदै  लागू पदार्थ ,मादक पदार्थ र बिपद ब्यवस्थापन लाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा लिएर सो अनुरुप कार्य गर्न निर्देशन दिनु भएको छ । बिपद ब्यवस्थापनमा आहिलेको युबा पुस्तालाई  आफू सुरक्षित रहेर घर जल्दै गरेको ठाउँमा,पहिरो जाँदै गरेको ठाउँमा मैले स्वयमसेवीको रूपमा के गर्नु पर्छ भन्ने चेतना भर्न सफल हुन अभियान लाई सुभकामना समेत दिनु भएको छ । युबाहरुको असल चरित्र र मिहेनतले नै देश बन्ने कुरा व्यक्त गर्नु हुँदै मन्त्री राईले असल चरित्र निर्माण का लागि सबै किशोर समुहका बिद्यार्थीहरुको रोल मोडल बन्न अभियानकर्ता हरुलाइ निर्देशन समेत दिनु भयो।
             
त्यसैगरी मन्त्रालयका सचीव लक्ष्मी पौडेलले समाजको सबै भन्दा उर्जाशिल युबाबर्गलाइ बिद्यार्थी काल देखिनै सामाजिक ब्यवस्थापनमा ,सामाजिक सरोकार का विषयमा कसरी केन्द्रित तुल्याउन सकिन्छ ,कसरी राज्यप्रतिको दायित्व बोध गराउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर कार्य गर्न अभियानकर्ता हरुलाइ निर्देशन दिनुभएको छ ।

कार्यक्रमका कोशी प्रदेश सयोजक  निस्कल राईले यश अभियान लाई कोशी प्रदेश भरी प्रभावकारी रूपमा अघि बढाउने कुरा व्यक्त गर्नु भयो 

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved