कन्चंबारी, बिराटनगर
२९ वैशाख २०८१, शनिवार
९७०४५०४६७५
शिक्षा

बिरेन्द्र मा वि ग्रामाथानका पुर्व बिद्यार्थी समाज द्वारा जेहेन्दार विद्यार्थीहरुलाइ लत्ताकपडा बितरण

-
अखवारका कुरा
११ फागुन २०८०, शुक्रवार

वीरेन्द्र मावि ग्रामथान गाउँपालिका-१ पूर्वविद्यार्थी समाज र ग्रामथान गाउँपालिका कार्यलय १ को सहकार्यमा र बिराटनगर निवासी  अनिता दुगड ,  सनराईज सिटि होम लेडिज , काठमाडौं लेडिज सर्कल ११ को आर्थिक तथा  सामग्री सहयोगमा गरिब र जेहन्दार बिधार्थीहरुलाई लत्ता कपडा बितरण भएको हो।

 सरकारी बिधालय प्रतिको आकर्षण घट्नु तथा  गरिबी र जाडोको कारणले बिधालयमा  बिद्यार्थीको दुरी पातलिएको अवस्थामा  अभिभावाकहरुलाई पनि नियमित छोरा-छोरीलाई स्कुल पठाउने उत्प्रेरणा जगाउने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको हो । 

 

पुर्व बिद्यार्थीहरु आफैले संकलन गरेको पैसा तथा  सहयोगी मन भएका दाताहरुको सहयोगमा समाजले बिभिन्न क्रियाकलाप संचालन गर्दै आएको छ । केहि महिना अघि  पुर्व विद्यार्थी,स्कुल व्यवस्थापन समिति, अभिभावक, बिद्यालयका शिक्षक़ शिक्षिका र वडा न. १  को सहयोगमा स्कुललाई आकर्षक़ बनाउन स्कुल हाता भित्र वृक्षारोपण  गर्नुको साथै फूलबारी पनि व्यवस्थापन गरेको समाजले  ७४औं प्रजातन्त्र दिवसको अवसर पारेर ग्रामथान क्षेत्रका  स्कुलहरुलाई लक्षित गरि हाजिरी जवाफ तथा खुल्ला दौड प्रतियोगिता आयोजना गरेको थियो।

 

 आउँदा दिनहरुमा  स्कुलको भवनको लागि प्रदेशका योजनाहरुमा र राष्ट्रिय योजना आयोगमा प्रस्तावना  पत्र पेश गर्नुको साथै बिधार्थी भर्ना र  गुणस्तरिय  शिक्षाको लागि रणनीतिक योजनाहरु बनाउने कुरालाई प्राथमिकता राखी बैठक तथा छ्लफल अगाडी बढाउने वीरेन्द्र माविका पूर्व विद्यार्थी समाजका अध्यक्ष राजीव चौधरीले जानकारी दिए । 

 कार्यक्रममा  ग्रामथान-१ का वडा अध्यक्ष सुरेशकुमार माझी, वडा (सदश्य आनन्द सर्दार, संजय कुमार माझी), प्र.अ. मनोज रम्तेल, विद्यार्थीका अभिभावक, पुर्व विद्यार्थीहरु र बिद्यालयका शिक्षकशिक्षिकाहरुको उपस्थिति  रहेको थियो।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved