कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
ताजा समाचार

लियो जिल्ला परिषद ३२५ सि को अध्यक्ष मा शिव शंकर

-
अखवारका कुरा
९ वैशाख २०८१, आइतवार

 

लियो जिल्ला परिषद ३२५ सि को दोश्रो महाधिवेशन बाट बिराटनगर सेन्ट्रल लियो क्लबका पुर्व अध्यक्ष लियो शिव शकर मन्डल जिल्ला परिषद अध्यक्ष मा निर्बिरोध निर्वाचित भएका छन । लियो जिल्ला परिषदको अध्यक्ष पदका लागि शिव शंकर मण्डल , मनोज तिवारी र अब्बु बकर रइनको उम्मेदवारी परेकोमा सहमती सहकार्य र एकताका साथ परिषद लाई अघि बढाउनका लागि मनोज तिवारी र अब्बु बकर रइन ले उम्मेदवारी फिर्ता लिए पश्चात् मण्डल अध्यक्षमा निर्बिरोध भएका हुन । 

त्यस्तै उपाध्यक्षमा प्रवेश वास्ताकोटी निर्बिरोध चयन भएका छन । उपाध्यक्ष पदमा सजय थापा र सबिन शिवाकोटीको उम्मेद्बारी परेकोमा उम्मेद्बारी फिर्ता लिए पश्चात् वास्ताकोटी निर्बिरोध भएका हुन । 

निर्वाचन प्रक्रियालाई सहज बनाउनका लागि यस पटक निर्वाचन समितीले लिएको पहलकदमीमा उमेदवारले साथ दिएका कारण सबै पद निर्बिरोध भएको निर्वाचन समितीका रन्जित भगतले जानकारी दिए । 

अध्यक्षमा निर्वाचित भए पश्चात् अध्यक्ष पदका उमेदवार शिव शंकर मण्डलले सबै सग हातेमालो गर्दै डिस्ट्रीकलाई एकताबद्ध गरेर अघि बढ्ने र सबैलाइ समेट्दै परिषदका अन्य पदमा चाडै विशेष कार्यक्रम गरेर नियुक्ति तथा मनोनयन गर्ने बताउनु भयो । 

जिल्ला परिषदमा हरेक बर्ष निर्वाचन प्रक्रिया बाट नया नेतृत्व आउने गर्दछ ।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved