कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
प्रदेश

बिराटनगर जेसीजद्वारा मानसिक स्वास्थका बारेमा सचेतना कार्यक्रम सम्पन्न

-
अखवारका कुरा
२५ माघ २०८०, बिहिवार

 

बिराटनगर जेसीजले बिराटनगर सग सिमा जोडिएको कटहरी गाउँ पालिका वडा नम्बर १ कटहरीमा मानसिक स्वास्थ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

सो कार्यक्रममा मानसिक स्वास्थ सग सम्बन्धित बिषयमा मोरङ सहकारी अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर आलोक झाले मानसिक स्वास्थ यसले हाम्रो जिवनमा पार्ने असर , रोग लाग्दा अप्नाउनु पर्ने सावधानी , मानसिक रोग रोग लाग्दैमा अन्यथा सोच्ने हाम्रो बानिलाई परिवर्तन गर्न पर्ने र मानसिक स्वास्थ पनि हाम्रो जिवनका लागि उत्तिकै महत्वपूर्ण रहेको बारेमा सचेतना प्रदान गर्नु भयो । 

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी कटहरी गाउँ पालिका प्रमुख देवराज चौधरीले मानसिक स्वास्थले हाम्रो जिवनमा महत्त्वपूर्ण स्थान ओगट्ने हुँदा यस प्रती सदैव सचेत रहनु पर्ने र सो सचेतना कार्यक्रम जेसीजले राखेको मा धन्यवाद ब्यक्त गर्नु भयो । 

कार्यक्रमका अतिथी वडा नम्बर १ का अध्यक्ष हरि नारायण राजबशीले आफ्नो वार्डमा स्वास्थको महत्वपूर्ण कार्यक्रम राखेको मा आभार ब्यक्त गर्दै आगामि दिनमा जेसीज सग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो । 

बिराटनगर जेसीजका अध्यक्ष तुलसी निरौलाले बिराटनगर जेसीजले आफ्नो कार्यकाल भरी पृथक र राम्रो कार्य गर्ने आफ्नो योजना रहेको र बिराटनगरको छिमेकी गाउँ पालिकामा सो कार्यक्रम आयोजना गरेर जेसीजलाइ समुदाय सग जोड्ने अभियानमा अघि बढेको बताउनु भयो । 

कार्यक्रम संयोजक मनोज तिवारीले मानसिक स्वास्थ सग सम्बन्धि बिषयमा अहिलेको बर्तमान समयमा धेरै नै समस्या आइरहेको हुँदा सो कार्यक्रम आयोजना गरेर समाजमा स्वास्थ सग सम्बन्धी बिषयमा कार्यक्रम राखिएको जानकारी दिनुभयो । 

कार्यक्रममा स्थानिय ६० भन्दा बढी जनताले कार्यक्रममा प्रत्यक्ष जानकारी हासिल गरेका थिए भने  समाजसेवि जेसीज सद्सय लगायतको उपस्थिति रहेको थियो ।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved