कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
खेलकुद

‘बी’ डिभिजन क्रिकेटमा विसिए र ग्रामथान फाइनलमा

-
अखवारका कुरा
२३ माघ २०८०, मङ्गलवार

 

विराटनगर । मोरङ जिल्ला स्तरिय ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लब (विसिसि) र ग्रामथान क्रिकेट क्लव विजयी भई फानलमा प्रवेश गरेका छन् । फाइनलमा प्रवेश गरेसँगै दुवै टिम ‘ए’ डिभिजनमा प्रवेश गरेको छ ।

पहिलो खेलमा विसिसिले मिल्स क्रिकेट क्लवलाई  ८ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । फाइनलमा प्रवेश गरेसँगै विसिसि ए जिभिजनमा प्रवेश गरेको हो । 

टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित १३ ओभरमा ३ विकेट गुमाई ९१ रन बनाएको थियो । जसमा पृथ्वी सुब्बाले २९ रन बनाउँदा  विशाल ढकालले २४रन बनाए । विसिसिका अविशेक मण्डलले १ विकेट लिए ।

९२ रनको विजयी लक्ष पछ्याएको विसिसिले ११ दशमलव ३ बलमा २ विकेट गुमाई सो लक्ष्य भेट्टाएको छ  । विसिसिका म्यान अफ म्याच राहुल चौधरीले अविजित ५२ रन धिरज कामतले १७ र कृतिक कामतले नटआउट १२ रनको योगदान दिए । मिल्सका विशाल ढकालले १ विकेट विकेट लिए ।

दोस्रो खेलमा ग्रामथान क्रिकेट क्लवले वेलबारी क्रिकेट क्लवलाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वेलबारीले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाई १ सय १२ रन बनायो । जसमा प्रिवित भगतले २० रन बनाउँदा  दिपेश सुवेदीले १७ रन बनाए । ग्रामथानका आशिष गुप्ताले ३ विकेट लिँदा अनिष सापकोटाले २ विकेट लिए ।

१ सय १३ रनको विजयी लक्ष्य पछ्याएको ग्रामथानले १९ ओभरमा ८  विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच सुमन श्रेष्ठ ३३ रन बनाउँदा अन्जर अलीले १५रनको योगदान दिए । वेलबारीका निमेश चापागाईले सर्वाधिक ४  विकेट लिए ।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved